Thursday, July 18, 2019

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

प्रकाशित मिति: 2018/12/02

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाबीच शिष्टाचार भेटवार्ता भएको छ। शनिबार साँझ सोल्टी क्राउन प्लाजामा भएको भेटमा द्विपक्षीय हितकाबारेमा कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए। उनका अनुसार नेपाल र भारतबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै जाने विषयमा छलफल भएको छ। दुवै मुलुकलाई फाइदा हुनगरी जलस्रोतमा साझेदारी, महाकाली सन्धि र पञ्चेश्वर परियोजनालाई कार्यान्वयन गर्ने सम्बन्धमा समेत कुराकानी भएको सल्लाहकार डा भट्टराईले जानकारी दिए। यस्तै जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका लागि दुबै देशले सामूहिक प्रयास गर्ने र दुबै देशका जनताको हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने विषयमा उहाँहरुबीच छलफल भएको जानकारी दिए। भेटघाटमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको उपस्थिति थियो ।

 

तपाईंको बिचार