Friday, July 19, 2019

६० दिनपछि मेलम्चीको टनेलमा पानी छोडिने, सुन्दरीजल आइपुग्न ७ दिन लाग्ने

प्रकाशित मिति: 2018/12/02

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको टनेलमा ६० दिनपछि पानी छोडिने भएको छ । आयोजनाको ८५ प्रतिशत टनेलको काम सकिएपछि पानी छोड्ने तयारी गरिएको हो ।
हाल टनेलको हालसम्म २४ किलोमिटर टनेलको फिनिसिङ सकिसकेको छ । आयोजनामा हालसम्म २६.३५ अर्ब रुपैंया खर्च भैसकेको खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले बताए । संसदको विकास तथा प्रविधि समितीको बैठकमा सचिव  ठाकुरले टनेलबाट सुन्दरीजल पानी आइपुग्न ६ देखि ७ दिन लाग्ने बताएका हुन् ।
ठाकुरले भने ‘हामीले सबै शक्ति केन्द्रित गरेर आयोजनाको काम गरिरहेका छौं । अहिले दैनिक ९० मिटरसम्म फिनिसिङको काम भैरहेको छ सोहि गतिलाई कायम राख्न सकिए अबको ४० दिनमा टनेल फिनिसिङ हुन्छ, यसपछिको चरणमा हामी टनेलमा पानी छाड्नेछौं । मेलम्चीको पानी डब्लुएचओ गुणतस्तरको हुनेछ । ठेकेदार कम्पनी सिएमसीलाई सहायक ठेकेदारले बिश्वास नगरेको पनि बैठकमा जानकारी गराइएको थियो ।

 

तपाईंको बिचार