Friday, July 19, 2019

ललितपुर एकान्तकुनामा कारको ठक्करबाट ट्राफिक प्रहरीको गयो ज्यान

प्रकाशित मिति: 2018/12/03

काठमाडौं । ललितपुरको एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको ज्यान गएको छ ।
आइतबार राति ९ बजेतिर बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प ६१९७ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा सुर्खेत विद्यापुर ७ घर भई अहिले प्रहरीवृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको ज्यान गएको हो ।
कार चालक काभ्रे पनौती घर भइ ललितपुर बस्ने प्रज्वलबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

तपाईंको बिचार