Friday, July 19, 2019

सिद्धार्थ राजमार्गमा ३ दिन गाडी चलाउन रोक, आजबाट मर्मतको काम

प्रकाशित मिति: 2018/12/03

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गतको तानसेन–बुटवल सडक खण्डमा आजदेखि ३ दिनसम्म अत्यावश्यक बाहेकका गाडी चलाउन पूर्णरुपमा बन्देज लगाइएको छ ।
आजदेखि मंसिर १९ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएपछि यो सडक खण्डको आवागमनमा प्रतिबन्ध लगाइएको हो ।
तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढुङ्गा फुटाएर हटाउनुपर्ने भएकाले मंसिर १७ देखि १९ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म बाटो बन्द रहने सडक डिभिजन कार्यालय, पाल्पाका सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिएका छन् ।
अत्यावश्यकीय एम्बुलेन्सलगायतका सवारी साधनलाई भने यो नियम लागू हुने छैन । निर्वाध चल्न पाउने छन् ।
सडक डिभिजन कार्यालयले आवागमनमा असुविधा हुने भएकाले वैकल्पिक उपाय सोच्न सबैमा आग्रह गरेको छ । यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । सडकको दूरावस्थाकै कारण १५(२० जना यात्रुहरुको सवारी दुर्घटनामा परी बर्षेनी ज्यान जाने गरेको छ ।

तपाईंको बिचार