Monday, February 18, 2019

तारकेश्वर कलाकार समाजको गठन सँगै अध्यक्षमा दुर्गा तामाङ

प्रकाशित मिति: 2018/12/03

“कलाकार राष्ट्रको गहना हुन, कलाकारको संरक्षण सम्बर्द्धनमा हाम्रो प्रतिबद्धता” नारा लिएर आज तार्केश्वर कलाकार समाजको आयोजनामा तदर्थ समिति गठन, देउसी भैलो समिक्षा तथा जलपान समारोह गोङगबु स्थित समाज कै कार्यालयमा भब्यताको साथ सम्पन्न गरिएको  ।
उक्त कार्यक्रमको अध्यक्षता दुर्गा तामाङले गरेका थिए  भने  कार्यक्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण तार्केश्वरका समाजसेवी, तार्केश्श्वर कलाकार, खेलाडी, दाजुभाई तथा दिदीबहिनीहरुको भब्य उपस्थितिमा  रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा जलपान वाट सुरु गरेको थियो भने दोस्रो चरणमा तदर्थ समितिका कलाकारहरुलाई खादा लगाई कार्यक्रम अघि बढेको थियो ्र लोक तथा म्हेंदोमाया गायक पुष्प वाइबाले कार्यक्रम होस्ट गरिएको उक्त कार्यक्रममा दुर्गा तामांगको अध्यक्षतामा तार्केशोर कलाकार  समाजको तदर्थ समिती गठन गरिएको छ ।
यसपाली आउने सोनाम ल्होछारमा भब्यता साथ २ दिने ल्होछार मेला तथा प्रथम अधिबेसन गर्ने गरि अहिलेलाई सस्थां दर्ताको लागि तदर्थ समिति गठन गर्दै अघि बढ्ने साथमा ल्होछार मा तार्केश्वरर गाउपालिकाका १  वडा देखि ६ वडाको सबैलाई तार्केशोर कलाकार समाजमा आबद्द बनाई तार्केशोर कलाकार समाज लाई एक जम्बो टिम बनाउदै अझ व्यापक बनाउदै अघि बढ्ने कुराको जानकारी सस्थाको महिला उपाध्यक्ष नायिका तथा मोडल सोना वाइबा तामांगले बताउनु भएको थियो ।
लेकाली ठिटो ल्हाई ब्योनका सल्लाहकार तथा म्हेंदोमाया गायक चिजा लामाले पनि नव गठित कलाकार समाजका अध्यक्ष तथा सम्पूर्ण तदर्थ समितिमा चयन गरिएको कलाकार परिवारलाई हार्दिक बधाई तथा शुभकामना प्रदान गर्दै लहै ब्योन र तार्केशोर कलाकार बीच धेरै अघि देखि कलाकारिता मिठो सम्बन्ध रहेको कुरा प्रस्ट पार्नु भयो्र ।
नव अध्यक्ष मे गाङ गाउ पालिका सामरीका युवा कलाकार रबी तामांग, मोडेल सुसिला मम्बा, मोडल सृष्टि लामा, ले पनि उक्त कार्यक्रममा सहभागी भाई नव गठित कलाकार समाज परिवारको उन्नति प्रगतिको कामना ब्यक्त गर्दै आफु र आफ्नो क्लबले सक्ने सहयोग सदैब गर्ने कुरामा प्रस्ट पार्नु भएको थियो कलाकारहरुको हक हितको लागि नया कार्यक्रम तय गर्ने, कलाकारलाई उचित पारिश्रमिकको व्यवस्था गर्न, नव कलाकारलाई माया हौसला अनि पुरानो अग्रज कलाकारलाई सम्मान गर्ने, रास्ट्र तथा अन्तरास्ट्रिय स्थरमा तार्केशोरको कलाकारहरुलाई स(सम्मानका साथ संस्कृतिक टुर जाना ब्यबस्थित गर्ने, गाउ गाउ बस्ति बस्तीमा गित संगीतद्वारा ग्रामिण बिकासमा शिक्षा, स्वास्थ, कृषिको विकासको लागि उत्प्रेरित, प्रोत्साहन मुलक जान चेतना मुलक कार्यक्रम गर्ने, तार्केशोर कै केन्द्र पारेर कलाकार समाजको भवन निर्माण गर्ने, कलाकारहरुको अक्क्षय कोष खडा गर्ने, उदेस्यका साथ गठित यस समाजले पक्कै कलाकारद्वारा तार्केशोर कै इतिहासमा एक नमुना समाज निर्माण गर्नमा थप उर्जा मिल्ने कुराको जानकारी दिदै समाजसेवी गायक पुष्प वाइबा यस समाजको वरिस्ट गायक तथा समाजका संरक्षक पदमा नियुक्त गरिएको छ ।

तार्केशोर कलाकार तदर्थ समितिको नामावली यस प्रकार रहेको छ ।
संरक्षक तथा फाउन्डर : पुष्प वाइबा
अध्यक्ष  दुर्गा तामाङ
उपाध्यक्ष :MRC सुशान्त मरिचमान लोप्चन
प्रथम महिला उपाध्यक्ष : सोना तामाङ
दितीय उपाध्यक्ष : शान्ति मम्बा तामाङ
कोषाध्यक्ष : सोमती तामाङ
सह­­­ ­­­­­­कोषाध्यक्ष : सुर्य मम्बा
सचिव : सागर वाइबा तामाङ
सह ­­­सचिब : बिनिता तामाङ
सदस्यहरु
१ सोनी rb घले
२ अजय यस लोप्चन
३ सुस्मिता वाइबा
४ सुष्मा वाइबा
५ राज थोकर ( साउदी )
६ आसमान तामाङ (दुबै )
७ सुरेन्द्र मम्बा
८ दिपक मम्बा
९ मिना लोप्चन तामाङ
१० अमृता लोप्चन तामाङ
११ प्रिन्स लोप्चन तामाङ ( दुबै )
१२ मानसीङ तामाङ
१३ सपना मम्बा तामाङ
१४ प्रनिल वाइबा तामाङ (कतार )
१५ लक्ष्मी लोप्चन तामाङ

 

तपाईंको बिचार