Thursday, July 18, 2019

पेट्रोल, डिजेलको भाउ प्रतिलिटर २ रुपैंयाले घट्यो

प्रकाशित मिति: 2018/12/04

काठमाडौं । आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । निगमले प्रतिलिटर पेट्रोल र डिजेल दुबैमा २ रुपैंया घटाएको हो ।
अन्तराष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि तेलको मूल्य नेपालमा पनि घटेको हो ।
निगमले सोमबार राती १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको हो । अब डिजेलको प्रतिलिटर ९९ रुपै‌या पर्नेछ भने पेट्रोलको मूल्य ११२ रुपैंया कायम गरिएको निगगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
अन्य पेट्रोलियम पर्दाथको मूल्य यथावत राखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अचानक मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मूद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको कारोबारमा हाल निगमलाई धेरै राहत मिलेको निगमले जनाएको छ ।
यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु। १२।३२ प्रति लि।ले र डिजेल रु। १५।७१ प्रति लि। ले नेपाल तर्फ नै अझै सस्तो कायम हुन पुगेको निगमले जनाएको छ ।
विगत साढे दुई महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी एक महिनामा नै निगमलाई २ अर्व भन्दा बढी घाटा भएको र संचित नोक्सान रु। ३ अर्व ८४ करोड घाटा भएको निगमको हिसाव छ ।

 

तपाईंको बिचार