Thursday, November 21, 2019

नयाँ गन्तव्यमा निगमै बाधक

प्रकाशित मिति: 2018/12/04

काठमाडौँ ।  झन्डै ६ दशक लामो अनुभव सँगालेको ध्वजाबाहक नेपाल वायुसेवा निगमले पहिलोपटक लामो दूरीको उडानका लागि दुईवटा ‘ब्रान्ड न्यू’ वाइडबडी विमान काठमाडौं ल्यायो । नेपाली वायुयानलाई ३९ वटा मुलुकमा उड्ने अधिकार छँदै छ । अन्तर्राष्ट्रिय क्षेत्रमा बजारसँगै अवसर पनि बढ्दो छ ।
यतिबेला नेपाल वायुसेवा निगमको व्यावसायिक योजनाअनुसार, अन्तर्राष्ट्रिय गन्तव्य ६ वटा मुलुक (भारत, मलेसिया, थाइल्यान्ड, हङकङ, दोहा र यूएई ) का ८ वटा सहरबाट बढेर कम्तीमा पनि ९ वटा मुलुकका ११ वटा सहरमा पुगिसक्नुपर्ने थियो ।
सुस्त निर्णण प्रक्रिया, दक्षता अभाव भएका प्राविधिक, कमजोर व्यापारिक रणनीति, बारम्बार परिवर्तन भइरहने व्यवस्थापन खरिदमा हुने कमिसनरभ्रष्टाचार, ट्रेड युनियनहरूको दबदबा, पाइलटहरूको गुटबन्दी, कर्मचारीको परम्परागत मनोवृत्तिलगायत दर्जनौं कारण निगमले ५ महिनाअघि ल्याएका विमान व्यावसायिक योजनाअनुसार उडाउनै सकेन ।
यसअघि निगमको प्रगति नहुनुमा वायुयानको कमीलाई मुख्य कारण बनाउँदै आएको यस सरकार स्वामित्वको निकायलाई नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडान अडिटका क्रममा औंल्याएका दर्जनौं विषय सुधार्न थुप्रैपटक निर्देशन दिइसक्यो । नयाँ विमान प्राप्त भएको यत्रो समय बितिसक्दा पनि निगमले त्रुटिहरू सच्याउन सकेको छैन ।
‘गत वर्ष पुसमै पर्यटन मन्त्रालयले कोरिया उडानका लागि नेपाल वायुसेवा निगमलाई तोकेर पत्राचार गरिसक्यो,’ मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने, ‘हामीले मन्त्रालयस्तरबाट गर्नुपर्ने काम सकेको एक वर्ष बित्दै छ । यतिबेला निगमले जे–जे गर्नुपर्ने प्रक्रियागत काम सकेर कमर्सियल उडान थालिसक्नुपर्ने बेला हो ।’ उनका अनुसार, यो ढिलाइ हुनुमा निगम व्यवस्थापन नै जिम्मेवार देखिन्छ ।
मन्त्रालयले नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणलाई पनि त्यसै बेला सहयोग गरिदिन पत्राचार गरेको थियो । मन्त्रालयजस्तै प्राधिकरण पनि निगमकै कमजोरीका कारण कोरियालगायतका मुलुकमाउडान हुन सकेको जनाउँदैआएको छ ।
‘प्राधिकरणले निगमको नियमित अडिटका क्रममा फेला पारेका उडान सञ्चालनलगायतका विषयमा औंल्याएका त्रुटिरकमीकमजोरीहरू क्लियर गर भनेको महिनौं भयो,’ नियमनकारी निकाय प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘तर, निगमले सेफ्टी अडिट पूरा गरेको डकुमेन्ट दिन सकेकै छैन ।’ महानिर्देशक गौतमले यस्तो अवस्थामा कोरियाको नागरिक उड्डयनले निगमलाई उनीहरूको मुलुकमा उडान अनुमतिनदिने बताए ।
‘फ्लाइट अपरेसनलगायतका विषयमा हामीले जे–जे औंल्याएका छौं, कोरियाली अधिकारीहरूले पनि तिनै विषयको अडिट गर्ने हुन्,’ गौतमले भने, ‘त्यसैले यस्तो अवस्थामा हामीले कोरियाको उड्डयन नियमन गर्ने निकायलाई बोलाएका छैनौं ।’
निगमले आफ्नो बिजनेस प्लानमा कोरिया, जापान, चीन उडानलाई पहिलो चरणमा प्राथमिकता दिएको छ । यसका लागि ती मुलुकका नियमनकारी निकायलाई नेपालमा बोलाउनुपर्छ । यसको जिम्मेवारी यहाँको नागरिक उड्डयन नियमन गर्ने प्राधिकरणको हो । तर, प्राधिकरणले निगमका कमीकमजोरी सच्चिनसकेको अवस्थामा बोलाउँदा निगमलाई नै असर पर्ने भएकाले नबोलाएको हो ।
‘प्राधिकरणले गरेको उडान सुरक्षा अडिट निगमले क्लियर गरेपछि मात्रै हामी ती मुलुकसँग एमओयू गरेर बोलाउनुपर्छ,’ महानिर्देशक गौतमले भने, ‘ हाम्रो अडिटमा देखिएका त्रुटिमा सुधार भए निगम ती मुलुकको अडिटमा पास हुन सक्छ नत्र उनीहरूले उल्टै उडान सुरक्षामा लापरबाही देखेर निगमलाई उड्न नदिने प्रतिवेदन सार्वजनिक गरे त्यसले मुलुकलाई नै असर पर्न सक्छ ।’
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले प्राधिकरणले अडिटका क्रममा औंल्याएका कमजोरी सुधार्ने कार्य भइरहेको बताए । ‘अडिट समयमै क्लोजिङ नभएकै हो,’ कार्यकारी अध्यक्ष खरेलले भने, ‘अब ८र१० वटा विषय बाँकी छन्, निकट भविष्यमै सकेर कोरिया उडानका लागि प्राधिकरणलाई पहल गरिदिन भन्छौं ।’

तपाईंको बिचार