Thursday, July 18, 2019

एकाबिहानै झाडू बोकेर सडकमा निस्किए मुख्यमन्त्री

प्रकाशित मिति: 2018/12/05

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत बुधबार बिहान जनकपुर शहर सरसफाइ अभियाननमा  सहभागी भएका छन् ।
जनकचोकदेखि जानकी मन्दिसम्मको गरिएको सरसफाइमा प्रदेश मुख्य सचिव दिपक सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, विद्यार्थी, कर्मचारी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता    रहेको थियो ।
सरसफाइको क्रममा  बोल्दै  मुख्यमन्त्री राउतले जनकपुरधाम पर्यटकीय एतिहासिक र साँस्कृतिक महत्त्वले भरिपूर्ण भएका कारण शहरलाई सुन्दर तथा हराभरा वनाउँन  सरसफाइमा ध्यान दिनुपर्ने बताए ।

तपाईंको बिचार