Wednesday, September 18, 2019

निर्मलाका लागि न्याय माग्दै पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थी

प्रकाशित मिति: 2018/12/05

काठमाडौँ  । पुल्चोक  इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै प्रदर्शन गरेका छन् ।

आज बुधबार निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गर्दै विद्यार्थीहरु क्याम्पस परिसरबाट माइतीघर तर्फ लागेका छन् ।

उनीहरुले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार , अन्धो मात्र थियो, बहिरो पनि भएछ कानुन, निर्मलालाई न्याय दे  जस्ता नारा लगाएका छन् ।

तपाईंको बिचार