Wednesday, February 20, 2019

पश्चिमी वायुको प्रभावले चिसो बढ्योः एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना

प्रकाशित मिति: 2018/12/05

काठमाडौं । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा मुलुकका अधिकांश भूभागको मौसममा आंशिक बदली भई चिसो बढेको छ।

उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तामक्रम नबढ्दा चिसो बढेको विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन्।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ। भोलि मङ्सिर २० गते दिउँसो पहाडी भूभागमा मौसम आंशिक बदली हुने र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको विभागले जनाएको छ।

त्यस्तै मङ्सिर २१ गते पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ भने पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

तपाईंको बिचार