Thursday, July 18, 2019

१ लाख स्मार्ट लाइसेन्स छापिए बने नबनेको एसएमएस मार्फत हेर्न सकिने

प्रकाशित मिति: 2018/12/06

काठमाडौं । स्मार्ट लाइसेन्स् छपाई गरिरहेको मालिका इन्कर्पोरेट लिमिटेडले १ लाख कार्ड छापेको छ । छापिएको कार्डमध्ये ६० हजार यातायात व्यवस्था बुझाइसकेको छ ।

४५ दिनमै ६ लाख कार्ड छाप्ने विभाग र लिमिटेडबीच सम्झौता भएपनि प्रविधिक समस्याले गर्दा कार्ड छपाइमा ढिलाई हुन गएको हो । मालिकाले हाल दैनिक १० हजार कार्ड छपाई गरिरहेको बताएको छ । पुर्ण क्षमतामा छाप्न डाटा नै उपलब्ध नभएको लिमिटेडका निर्देशक तिलकराम जोशीले बताए । ‘हामी एक पटकमा १० वटा कार्ड निकाल्ने प्रयास गर्छौ, तर ४र५ वटा खाली नै निस्कन्छ, जोशीले  भने प्रविधि समस्या हल भए हामीबाट केही समस्या छैन ।’
मालिकाले ६० हजार कार्ड दिइसकेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्ययले बताए । उनका अनुसार छापिएको कार्ड अब सम्बन्धित कार्यलयमा पठाउने तयारी भैरहेको छ । बनिसकेको कार्ड सेवाग्राहीले मोबाइलबाटै हेर्न सक्नेछन् । लाइसेन्स बनेरनबनेको थाहा पाउनका लागि अंग्रेजी अक्षर एलसी टाइप गरि स्पेस दिई आइडी नम्बर डायल गरी ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।
विभागले छरितो रुपमा लाइसेन्स छाप्न नसकेपछि मालिका इन्कर्पोरेट लिमिटेडलाई जिम्मा दिएको हो । ५ लाख बढी सेवाग्राहीले हाल परीक्षा उत्तीर्ण गरी अनुमति पत्र लिन प्रतीक्षा सूचीमा बसेको विभागका प्रवक्ता उपाध्यायले जानकारी दिए ।  कार्ड छापेवापत कम्पनीले एउटा बराबर रु १५ पाउँछ । कार्ड, विद्युत लगायत भौतिक साधन भने विभागले नै उपलब्ध गराउनेछ ।

 

तपाईंको बिचार