Wednesday, February 20, 2019

कालीगण्डकी नदीमा बनेको पुलले जोड्यो दुई प्रदेश र दुई जिल्लालाई

प्रकाशित मिति: 2018/12/07

पाल्पा । पाल्पा र स्याङ्जाको संगमस्थल कालीगण्डकी नदीमा निर्माण सम्पन्न भएको दुई प्रदेश र जिल्ला जोड्ने – ५ नं।प्रदेशको पाल्पा र ४ नं।प्रदेशको स्याङ्जा – पक्की पुल बनेसंगै स्थानीयमा खुसी छाएको छ । पुल बनेपछि दुई प्रदेश र दुई जिल्लामा सहजरुपमा यातायात सेवा पनि सञ्चालनमा आएका छन् ।

पाल्पाको हुँगी र स्याङजाको गल्याङ् नगरपालिका जोड्ने हुँगीघाट पक्की पुल सञ्चालनमा आएपछि पाल्पाको रम्भा गाँउपालिका हुँगीबाट स्याङजा गल्याङ जोड्ने हुँगीघाट पुल सञ्चालनमा आएपछि स्थानीयको दैनिकी समेत फेरिएको छ ।

पाल्पा सडक डिभिजन कार्यलयले १५ करोड ३ लाखको लागतमा २०७० सालमा एस।वीआइ इलेक्ट जेवी निर्माण कम्पनीसंग १८१ं।६ मि।लम्वाई र ७ मिटर चौडाई पक्की पुल निमार्णको सम्झौता गरेको थियो । उक्त पुलको यसै वर्ष निर्माण सम्पन्न भई सवारी गुड्न थालेपछि स्थानीयहरुमा खुसियाली छाएको छ । डुंगा र झोलुङ्गे पुलबाट यात्रा गर्नुपर्ने यस क्षेत्रका बासिन्दा पक्की पुल निर्माण भएपछि सहज रुपमा यात्रा गर्न पाउँदा खुसी भएको सडक डिभिजन कार्यालय पाल्पाका इञ्जिनियर पत्रितामणि आचार्य बताउछन् ।

पुल बनेपछि अहिले स्थानीयलाई जिल्लाका विभिन्न स्थानमा आवतजवातमा समेत सहज भएको भन्दै स्थानीय मुक्तिप्रसाद न्यौपाने र खेमानन्द अधिकारीले हर्ष प्रकट गरे । पुल बनेपछि विकासका कामले पनि तीब्रता लिने र जनताले विभिन्न समस्याबाट मुक्त हुने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।

कालीगण्डकी कोरिडोर र सिद्धार्थ राजमार्गको बीच भागमा पक्की पुल बनेकाले स्याङजाका साथै रामपुर, बुटवल र नारायणघाटसम्मको बजारलाई जोड्न उक्त पक्की पुलले सजिलो बनाएको छ ।

तपाईंको बिचार