Wednesday, September 18, 2019

शंकरदेव क्याम्पसबाट पिकनिक गएको बस मकवानपुरमा दुर्घटना

प्रकाशित मिति: 2018/12/08

हेटौँडा । वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ। इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा।३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन्। घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। थप उपचारका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ। बसमा ४० जना विद्यार्थी सवार थिए।

 

तपाईंको बिचार