Thursday, June 27, 2019

अन्तरप्रदेश परिषद्को बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री राजधानीमा

प्रकाशित मिति: 2018/12/09

काठमाडौँ । अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ। प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गरेका हुन्। बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा सहभागी हुनेछन्। सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन्। त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीले जानकारी गराएपछि प्रधामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्योजक अधिकारीले जानकारी दिए। सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो। बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारबाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ।

 

तपाईंको बिचार