Wednesday, February 20, 2019

नक्सा बिर्सिदा दुबई–काठमाडौँ उडान चार घण्टा ढिलो

प्रकाशित मिति: 2018/12/10

काठमाडौं । नेपाल वायु सेवा निगमको आइतबार बिहानको दुबई(काठमाडौँ उडान चार घण्टा ढिलो हुँदा राष्ट्रिय ध्वजावाहकप्रति आत्मीयता राख्ने यात्रुकै बिचल्ली भएको छ ।
दुबईको स्थानीय समयअनुसार बिहान ४ बजे उडान भरी ९ः४० मा काठमाडौँ अवतरण गर्नुपर्ने थियो तर निगमको लापर्बाहीका कारण विमान १ बजेर ४३ मिनेटमा मात्र काठमाडौँ ओर्लिएको थियो ।
हवाई उडानको मार्ग पहिल्याउन तथा उचाइ थाहा पाउन आवश्यक पर्ने नक्सा (जिप्सन चार्ट) काठमाडौँबाटै लैजान बिर्सिएकाले तोकिएको समयभन्दा ४ घण्टापछि उडान भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

तपाईंको बिचार