Wednesday, April 24, 2019

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईदैँ

प्रकाशित मिति: 2018/12/10

काठमाडौं । ‘समानता, न्याय र मानव अस्तित्वका लागि उभिउँ’ भन्ने अवधारणका साथ आज मानवअधिकार दिवस मनाईँदै छ । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाउने गरिन्छ । आज काठमाडौं लगायतका विभिन्नस्थानमा मानवअधिकार सम्बन्धि जनचेतना सहतिका कार्यक्रम गरिएको छ ।

सन् १९४८ को डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र स्वीकार गरेको थियो ।

त्यहि दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो । मानवअधिकार रक्षाको क्षेत्रमा ‘माइल स्टोन’ मानिएको यो घोषणा पत्र जारी भएको ७० वर्ष पुगेको छ । कुनै व्यक्तिलाई विभेद गर्न नहुने, सबै मानिसको बाच्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।

तपाईंको बिचार