Thursday, June 27, 2019

सेल्फी खिच्ने क्रममा फेवातालमा खसेर एक बेपत्ता

प्रकाशित मिति: 2018/12/10

पोखरा । पोखराको फेवातालमा एकजना बेपत्ता भएका छन्। काठमाडौँबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुंगामा सयर गर्दागर्दै सेल्फी खिच्न लाग्दा तालमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ।

‘दिदीसँगै तालमा बोटिङ गर्दै रहेछन्,’ कास्की प्रहरी प्रमुख ओमबहादुर रानाले रोशनीलाई उदृत गर्दै भने, ‘सिंगल प्याडल बोटमा तालको बीच भागमा पुगेपछि रोशनले लाइफ ज्याकेट फुकालेर मोबाइलबाट सेल्फी खिच्न लागेछन्।

त्यैबेला उनी खसेछन्। अहिले बैदाम प्रहरीले खोजी कार्य तीव्र पारेको छ।’ कास्की प्रहरी प्रमुख ओमबहादुर रानाका अनुसार रोशन आफ्नी दिदी रोशनीसँग आइतबार मात्रै पोखरा आइपुगेका थिए।

 

तपाईंको बिचार