Tuesday, February 19, 2019

सुशासन समितिमा मागियो आईजीपी खनालको राजिनामा

प्रकाशित मिति: 2018/12/10

काठमाडौं । संघीय संसदको दिगो विकास र सुशासन समितिको वैठकमा नै सासंदहरुले नेपाल प्रहरीको आईजीपी सर्वेन्द्र खनालको राजिनामा मागेका छन् । सासंदहरुले कञ्चनपुरको भीमदत्तनगर– २ कि १३ वर्षीय किशोरी निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरी असफल भएको भन्दै समितिमै बोलाएर राजीनमा मागेका हुन् ।
सिंहदरबारमा सोमबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बोल्दै । तस्वीर  नवीन पौडेल, रासस
सोमबार समितिको बैठकमा सासंद प्रमिला कुमारीले आईजीपी खनालले सुरक्षा दिन नसकेको भन्दै राजीनामा दिन माग गरिन् । भनिन्, ‘निर्मला हत्याकाण्ड भारतीय साउथ फिल्मजस्तो भयो । तपाईंले सुरक्षा दिन सक्नुहुन्न भने राजीनामा दिनुस् । हामी अर्को सक्षम मान्छे ल्याउछौं ।’
सांसद कुमारीले निर्मला हत्याकाण्डका दोषीलाई अझै पक्राउ किन नगरेको भनि प्रहरी महानिरीक्षक खनाललाई पटक–पटक प्रश्न समेत गरेकी थिइन् । उनले प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षाको नेतृत्व लिन नसके अरु प्रहरी अधिकृतहरु सक्षम रहेको दावी समेत गरिन् ।
सासंद रमेशजंग रायमाझीले निर्मला बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको हात रहेको दाबी गर्दै नमिता सुनिता हत्याकाण्ड दोहोरिएको बताए । शक्तिशाली व्याक्तिलाई बचाउन सरकारले आईजीपीमार्फत काम गरिरहेको उनले दाबी गरे । भने, ‘आईजीपीले सीआईबीका अधिकारीलाई दबाब दिएका छन् । यस्तोमा न्याय कसरी पाइन्छ
सासंद कालीबहादुर मल्लले प्रहरीलाई दात नभएको कुकुरको भएको बताए । उनले भने,‘प्रहरीको उज्यालो छवि धमिलिएको त होइन रु प्रहरी दाँत बिनाको कुकुर किन बन्यो  दाँत नभएको कुकुरले टोक्न सक्दैन ।’

तपाईंको बिचार