Wednesday, February 20, 2019

आम सञ्चार विधेयक बनाउँदै गण्डकी प्रदेश

प्रकाशित मिति: 2018/12/12

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चारलाई व्यवस्थित र मर्यादित बनाउन आम सञ्चार विधेयक बनाउने निर्णय गरेको छ ।
प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको विधेयकको मस्यौदा बनाउने प्रस्तावलाई बैठकले सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकार आफैँले टिलिभिजनसँगै अन्य सञ्चार संस्था स्थापना गर्ने निर्णय गरेको थियो । यसअघि प्रदेश सरकारले आम सञ्चार नीति पास गरिसकेको छ ।
सरकारले आफू मातहतको सञ्चार संस्था स्थापना एवं प्रदेशका ११ जिल्लामा रहेका सञ्चार संस्था नियमन तथा नयाँ स्थापनाका लागि स्वीकृति दिने गरी विधेयक बनाउन लागेको हो ।

तपाईंको बिचार