Thursday, June 27, 2019

जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध

प्रकाशित मिति: 2018/12/12

जनकपुर । जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

अति विशिष्ट पाहुना (भीभीआइपी) आउने भन्दै बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाइएको हो।
भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई मन्दिर भित्र जान दिएको छैन।

दर्शनार्थीहरू मन्दिर बाहिरा उभिरहेका छन् । भीभीआइपीको विशेष सुरक्षा प्रबन्धका लागि सर्वसाधारणको प्रवेशमा रोक लागाइएको धनुषाका प्रहरी बताउँछन् ।

दर्शनार्थीहरु यसअघिका वर्षहरूमा यसपटक जस्तो घण्टौँसम्म मन्दिर बाहिर रोकिनु परेको थिएन ।

तपाईंको बिचार