Thursday, June 27, 2019

पछाडि परेका समुदायलाई मूलप्रवाहमा ल्याउन काम गरिररहेका छौँ : मन्त्री विश्वकर्मा

प्रकाशित मिति: 2018/12/12

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाल सरकारले पछाडि पारिएका वर्ग तथा समुदायलाई मूल प्रवाहमा ल्याउन काम गरिरहेको बताएका छन्। भारत भ्रमणमा रहेका मन्त्री विश्वकर्माले भारतका विभिन्न नेताहरुसँग भेटघाट गर्नेक्रममा त्यस्तो बताएका हुन्। मन्त्री विश्वकर्माले नेपाल सरकारले स्थायित्व, विकास र समृद्धिको लक्ष्य लिएर अगाडि बढेको जानकारी गराएका थिए। ुवर्तमान सरकारले पछाडि पारिएको वर्ग र समुदायलाई विकासको मुलप्रवाहमा ल्याउनका लागि काम गरिरहेको छु, मन्त्री विश्वकर्माले भने। भारतस्थित नेपाली दुतावासमा मन्त्री विश्वकर्माले सत्तारुढ भारतीय जनता पार्टी ९विजेपी० का केन्द्रीय उपाध्यक्ष दुस्यन्त गौतम, विजेपीकै प्रवक्ता तथा पूर्व अनुसूचित जाती तथा जनजाती आयोगका अध्यक्ष डा। विजय सोनकर शास्त्री, विजेपीका लोकसभा सांसद डा। उदित राज र कांग्रेश आईका हरियाना प्रदेशका अध्यक्ष, अशोक तनवारसँग द्विपक्षिय भेटघाट गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटमा दुई देशबीचको सम्वन्ध र पार्टीहरुका वीचको सम्वन्धलाई अझ सुमधुर वनाउने विषयमा छलफल भएको थियो। भेटका अवसरमा भारतीय नेताहरुले नेपालको विकासका बारेमा जिज्ञासा राखेका थिए। भारतमा अनुसुचित जाती तथा जनजातीको अधिकारका बारेमा भएको प्रगतीका बारेमा भारतीय नेताहरूले जानकारी गराएका थिए।

 

तपाईंको बिचार