Wednesday, February 20, 2019

कलङ्की महाराजगञ्ज सडक खण्डमा अण्डर पास र आकाशे पुल, अध्ययन शुरु

प्रकाशित मिति: 2018/12/15

काठमाडौं । चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ ।
यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिने जस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताए ।
चिनियाँ सरकारले नै निर्माण गर्ने झण्डै १२ किलोमिटर लामो उक्त सडक कोटेश्वर कलङ्की सडक जस्तै आठ लेनको हुने जानकारी दिँदै उनले भने, ‘मुख्य लेन र सहायक गरेर आठ लेनको हुने र दुवैतर्फ एक एक लेनको सर्भिस ट्रयाक हुनेछ ।’
सरकारले यो सडकको सात ठाउँमा आकाशे पुल निर्माण शुरु गरेको छ । सम्झौतामा उल्लेख भएअनुसार चिनियाँ निर्माण कम्पनीले निर्माण गरेको तीन पुल पर्याप्त नभएपछि सरकार आफैँले थप पुल निर्माण थालेको हो ।
विभागको वैदेशिक महाशाखालले सडक निर्माणको विस्तृत अध्ययन गरिरहेको छ । सहप्रवक्ता सिंहले भने, ‘डिजाइन रिपोर्ट आएपछि कुन–कुन ठाउँमा कसरी काम गर्ने भन्ने योजना बन्ने छ ।’

तपाईंको बिचार