Wednesday, February 20, 2019

सेनामा उपरथीको बढुवा हुँदै, यी हुन् बढुवाका दावेदार

प्रकाशित मिति: 2018/12/15

काठमाडौं । नेपाली सेनामा उपरथी बढुवाको प्रक्रिया थालिएको छ । सैनिक मुख्यालयले रिक्त तीन उपरथी पदका लागि बढुवा सिफारिसको तयारी गरेको हो ।
सेनामा हाल सालै उपरथीहरु शेखरसिंह वस्नेत, अनुज वस्नेत र देवेन्द्र मेघासी अवकास भएका थिए । तीनै जनाको ठाउँमा उपरथीको दरबन्दी रिक्त छ भने रथीमा बढुवा सिफारिस भएका उपरथी शरद गिरीको बढुवा सिफारिस भइसकेको हुँदा उनको ठाउँमा पनि बढुवा सिफारिस गर्ने सैनिक मुख्यालयको तयारी रहेको जनाइएको छ । सैनिक गुप्तचर प्रमुख देव सुवेदीले पनि आगामी पुष १९ मा अनिवार्य अवकास पाउँदै छन् । सुवेदीको ठाउंमा समेत बढुवा अघि बढाउने तयारी सेनाको छ ।
उपरथी बढुवाका लागी सहायकरथीहरु शैलेन्द्र शम्शेर थापा, संजय भण्डारी, वालकृष्ण कार्की, अनन्त कार्की, सरोजप्रताप राणा, सिताराम खड्का र ताराध्वज पाण्डे लाइनमा छन् । तर, भण्डारीको अनलाइन डिग्रि भएकाले बढुवा हुने सम्भावना भने कम छ ।
त्यस्तै सहायकरथी थापाको समेत शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ । भण्डारी र थापालाई उपरथीमा बढुवा नगर्ने लाइनमा प्रधानसेनापति पूर्णचन्द्र थापा पुगेको उनी निकट स्रोतले बतायो ।
सहायकरथी थापाले शैक्षिक प्रमाणपत्रको सक्कली विवरण ल्याउन समय मागेकाले बढुवामा ढिलाई भएको बताइन्छ । उपरथी बढुवाको लागि बोर्ड गठन भइसकेको मात्र छैन् बोर्डको वैठक पटक पटक बसिसकेको छ । शुक्रवार मात्र बलाध्यक्षकृतरथी हेमन्त कुवंरको अध्यक्षतामा बोर्डको वैठक बसेको थियो ।

तपाईंको बिचार