Thursday, June 27, 2019

इटालियन कम्पनी सिएमसीका क्रिश्चियानो ग्रेकोसहित आठ जना कर्मचारी प्रक्राउ

प्रकाशित मिति: 2018/12/17

काठमाडौं । मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेलम्ची आयोजनाको काम सम्पन्न नगरी इटाली जान लागेको भन्दै आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेकोसहित आठ जनालाई पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी बृत्त दरबारमार्ग संयुक्त टोलीले ठमेलस्थित रोयल पेङ्गुइन होटलबाट नियन्त्रणमा लिएको हो । प्रहरीले आयोजनाका प्राजेक्ट म्यानेजर ग्रेकोले कम्पनी डुबेपछि देश फर्किन खोजेको बयान दिएका थिए ।

सिएमसी इटालीको प्रसिद्ध निर्माण कम्पनीका रुपमा चिनिन्छ । सय वर्षभन्दा अगाडि स्थापित कम्पनीले मुख्यतः यातायात, खानेपानी तथा सिँचाई, बन्दरगाह, रेल्वेजस्ता भौतिक पूर्वाधार र परियोजनामा काम गर्दै आएको छ ।

पक्राउ परेका ८ जना इटालियन कर्मचारीलाई प्रहरीले खानेपानी मन्त्रालयको जिम्मा लगाइएको छ भने उनीहरुको पासपोर्ट जफत गरेको छ ।

तपाईंको बिचार