Wednesday, April 24, 2019

टेलिकमको सेवा अवरुद्ध, सेवाग्राही प्रभावित

प्रकाशित मिति: 2018/12/19

काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।
यसले गर्दा लाखौं सेवाग्राही प्रभावित भएका छन् । टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको हो ।
नेपाल टेलिकमको सेवामा पटक(पटक यस्तो समस्या देखिने गरेको छ । पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ ।
नेतृत्वविहीन रहेको टेलिकममा आउने प्राविधिक समस्या सुलझाउन पनि धेरै समय लाग्ने गरेको छ ।

 

तपाईंको बिचार