Thursday, April 25, 2019

ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु

प्रकाशित मिति: 2018/12/20

दाङ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु१त ९७०७ नम्बरको ट्रयाक्टर गए राति पौने १ बजे उपमहानगरपालिका–३ को चौपट्टामा दुर्घटना हुँदा सो ट्याक्टरका सहचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार बर्दिया घेरुवा गाउँपालिका–५ का १६ वर्षीय सन्तलाल चौधरी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। घोराहीस्थित राप्ती स्वास्थ्य प्रतिष्ठानीमा उपचारका क्रममा गए राति २ बजे उनको मृत्यु भएको हो। ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।

 

तपाईंको बिचार