Thursday, June 27, 2019

घुससहित सहायक वन अधिकृत ठाकुर पक्राउ, अख्तियारले थाल्यो अनुसन्धान

प्रकाशित मिति: 2018/12/21

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका भिडिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुरमाथि अख्तियारी दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान जारी राखेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै काठ कटानीसम्बन्धी मुद्दा मिलाई दिने भनि सेवाग्राहीसँग ३३ हजार रुपैंयाँ घुस लिएको आरोपमा पक्राउ परेका ठाकुरको मुद्दामा अनुसन्धान चलिरहेको जनाइएको छ ।
सेवाग्राहीको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराको टोलीले बिहीबार नियन्त्रणमा लिएका ठाकुरलाई बेनी नगरपालिका–७ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान शुरु भइसकेको अख्तियारका सहसचिव एवम् प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

तपाईंको बिचार