Wednesday, February 20, 2019

चुरे क्षेत्रका बासिन्दा र जंगली जनावरको द्वन्द्व हटयो

प्रकाशित मिति: 2018/12/23

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफााँटा नगरपालीका ७ चुरे फेदीका बासिन्दालाई जंगली जनावरले बालीनाली नोक्सान गर्ने चिन्ता छैन। जंगली जनावरले दैनिक खेतवारीमा पसेर बालीनाली नोक्सान गर्दा स्थानिय बासिन्दाले बाह्य क्षेत्र बाट खाद्यान्न खरिद गर्नु पथ्यो। धेरै परिवारले जंगली जनावरकै कारण मजदुरीका लागि भारतमा काम गर्न समेत जानु पर्ने बाध्यता थियो। जंगली बदेलले बस्तीमा छिरेर गत वर्ष मात्रै छ जनालाई घाइते बनाएको थियो । जंगली जनावरले अन्नबाली नोक्सान त गर्थे स्थानिय प्रेम धानुकले भने, ‘धपाउन जाने स्थानिय बासिन्दा माथि समेत आक्रमण गर्न थालेपछि स्थानिय जंगली जनावरकै कारण त्रसीत थिए।’ स्थानिय बासिन्दाको खेतमा लगाएको अन्नबाली जोगाउनका लागि र जंगली जनावरको आक्रमणबाट बचाउन वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानीको केही रकम खर्चेर वन क्षेत्रमा जालियुक्त तारवार ९मेस वायर० जडान गर्न थालेपछि स्थानिय बासिन्दा सन्तुष्ट देखिएका छन्। घर नजिकै तारजाली जडान हुन थालेपछि पहिले त स्थानिय बासिन्दाले त्यसको विरोध समेत गरे। घर नजिकै तारजाली जडान गरेर जंगल जाने र बस्तुभाउलाई पानी खुवाउन नदीमै लैजान नपाइ भो। बर्बादै गरे स्थानियले भन्ने गरेका थिए सामुदायिक वनका अध्यक्ष पुष्कर बहादुर सिहले भने, ‘तारजालीका कारण जंगली जनावर खेतवारीमा आउने क्रम पूर्ण रुपमा रोकिए पछि स्थायि बासिन्दा तारिफ समेत गर्न थालेका छन्।’ ‘तारजाली जडान हुदै गर्दा गाली गर्नेहरु जंगली जनावर खेतमा नआउने भएपछि राम्रो कार्य गरेको रहेछ भनेर एक आपसमै कुरा गर्न थालेका छन्’ उनले भने। तारजाली जडानले मानव र वन्यजन्तुको द्वन्द्वको अन्त्य सँगै सामुदायिक वन समेत जोगिएको छ। चोरि शिकारी नियन्त्रण, वनमा हुने काठ तस्करी रोकिनुका साथै वन डढेलो लाग्ने क्रममा समेत कमी आएको छ। घरपालुवा जनावरले वन क्षेत्रमा छिरेर नयाँ हुर्कदै गरेका बोटविरुवा खाई दिदा पुनः उत्पादन राम्रो संग हुने गरेको थिएन।घरपालुवा जनावरले वन क्षेत्रमा जान नपाउदा वन पहिलेको तुलनामा हराभरा समेत हुन थालेको छ। जंगली जनावर बदेल, निलगाई, चितललगायतका कारण खेतवारीको अन्न सखाप हुने भएपछि अन्न बाह्य क्षेत्र बाट खरिद गर्ने बासिन्दालाई खेतमै उत्पादन गरेको अन्नले वर्ष भरीका लागि खान पुग्ने भएको सन्तोष सिंहले बताए। जंगली जनावरकै दुःखका कारण मजदुरीका लागि भारत जानेहरु मध्ये केहीले घरमै तरकारी खेती गरेर आम्दानी समेत लिदै आएका छन्। सामुदायिक वनले बाँस, काठ, दाउरा र फलफुल बिक्री गरेर आएको आम्दानी मध्ये गत वर्ष रु ३४ लाख खर्चेर सामुदायिक वन र स्थानिय बस्तीको सीमा क्षेत्रमा दुई किलोमिटर पाँच सय मिटर क्षेत्रमा तारजाली जडान गरेको थियो। चालु आवमा सामुदायिक वनले रु ४० लाख रकम लगानी गरी पाँच किलोमिटर क्षेत्रमा तारजाली जडान गर्ने कार्य शुरु गरेको छ। सामुदायिक वनले तारजाली जडानको कार्य अगाडी बढाएपछि सुनदेवी उपभोक्ता समितिले त्यस कार्यलाई सघाउनका लागि आठ लाख लगानी गरेको छ। सामुदायिक वनको क्षेत्र बाहिर निकुञ्ज नजिकका बस्तीमा समेत तारजाली जडान गर्ने लक्ष्य सहित कार्य अगाडी बढाइएको छ। सामुदायिक वनले तारजाली लगाएर स्थानिय बासिन्दाको बालीनाली संगै जंगली जनावर बाट जीउधन समेत बचाउने कार्य गरेर गुन लगाएको वडा अध्यक्ष जगत बहादुर सिंहले बताए। सामुदायिक वन हराभरा हुदै गएपछि सहजै जंगली जनावर, चराचुरुङ्गी देखिन थालेपछि पर्यटक भित्राउनका लागि सामुदायिक वनले पिकिनिक स्पट बनाउने योजना समेत अघि सारेको छ।

 

तपाईंको बिचार