Thursday, April 25, 2019

भीषण आगलागीबाट पलाता गाउँपालिकाका ८७ घर जलेर खरानी

प्रकाशित मिति: 2018/12/24

कालीकोट । पलाता गाउँपालिका खाडास्थित न्यौपानेबस्तीमा आज विहान भीषण आगलागी भएको छ ।

विहान २ बजेतिरबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारणा अधिकांश घर जलेर नष्ट भएका छन् । खरले छाएका घरहरु मात्र भएकाले आगोले बढी क्षति पुर्याएको बताइएको छ ।

आगो पूर्ण नियन्त्रणमा आउन सकेको छैन । अहिलेसम्म न्यौपाने बस्तीका ८७ घर जलिसकेको बताइएको छ । तर क्षतिको पूर्ण विवरण पनि आउन सकेको छैन । आगो नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय कालिकोटले सुरक्षाकर्मीको टोली घटनास्थल पुगेका छन् । सदरमुकामबाट घटनास्थल टाढा रहेका कारण उद्दार टोली ढिलो पुगेको हो ।

नजिकको प्रहरी कार्यालयबाट पनि न्यौपाने बस्ती पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । जिल्ला सदरमुकामबाट ३२ कोसको दूरीमा पर्ने उक्त बस्तीमा स्थानीयबासीलाई उद्धार तथा राहतका लागि इलाका प्रहरी कार्यालय थिर्पु र पचालझरना गाउँपालिकाको जारकोट इलाका प्रहरी चौकीबाट त्यहाँ प्रहरी खटाइएको छ । त्यस क्षेत्रमा गएरातिदेखि नै टेलिफोन सम्पर्क राम्रो नभएका कारण घटनाको यकीन विवरण आउन कठिन भएको छ ।

रातिदेखि नै आगलागी शुरु भए पनि प्रहरीलाई त्यहाँ पुग्न चार ढिलाइ हुँदा क्षति बढी भएको हो । क्षतिको यकिन विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए । सदरमुकामबाट पीडितलाई उद्धार गर्न सशस्त्र प्रहरी पनि खटाइएको उनले बताए ।

तपाईंको बिचार