Friday, April 26, 2019

कोरियन भाषा परीक्षाको आवेदन फागुन दोस्रो साता, १० हजार कामदार लैजाने

प्रकाशित मिति: 2018/12/25

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत १० औं भाषा परीक्षाको आवेदन आउँदो फागुन दोस्रो साता खुल्ने भएको छ ।

 

इपिएस नेपाल शाखाका अनुसार कोरियाले आगामी सन् २०१९ का लागि नेपालबाट १० हजारभन्दा बढी कामदार लैजाने तयारी गरिरहेको छ ।
कोरिया सरकारले हालै आगामी वर्षका लागि आफ्नो देशमा आवश्यक पर्ने विदेशी कामदारको संख्या निर्धारण गरेसँगै नेपालले १० हजारभन्दा बढीको कोटा पाउने भएको हो । नेपाली कामदाको कार्यक्षमता उत्कृष्ट रहेको जनाउँदै कोरियाले कोटा बढाएको हो ।
कामदार छनोट गर्न फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो साता परीक्षा गर्ने तयारी भइरहेको जनाइएको छ ।
वैदेशिक रोजगार विभाग इपिएस शाखाले विगतको वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जानकारी गराएको हो ।

 

तपाईंको बिचार