Tuesday, April 23, 2019

वीरगञ्‍जमा प्रहरी र विद्यार्थीबीच झडप, अवस्था तनावपूर्ण

प्रकाशित मिति: 2018/12/26

पर्सा । वीरगञ्‍जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा एक प्रहरी घाइते र ४ विद्यार्थी घाइते भएका छन्। घाइते हुने प्रहरीमा मुकेश यादव र घाइते विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ रहेको वडा प्रहरी कार्यालय श्रिपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। घाइतेहरुको हाल उपचार भइरहेको बताइएको छ। माईस्थानका विद्यार्थीहरु विद्यालय परिसरबाट प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोध गर्दै वीरगञ्‍ज महानगरतर्फ जाने क्रममा हरिखेतन क्याम्पसअगाडि र वीरगञ्ज महानगरअगाडि झडप भएको हो। विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेपछि हाल विद्यार्थीहरूले घण्टाघरमाअगाडि जम्मा भएर विरोध जारी राखेका छन्। केही समयअघि प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको थियो।

 

तपाईंको बिचार