Thursday, April 25, 2019

प्रधानमन्त्रीले आज धरहरा पुनर्निर्माणको शिलान्यास गर्दै, यस्तो बन्नेछ धरहरा

प्रकाशित मिति: 2018/12/27

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ढलेको धरहरा पुनर्निर्माणको शिलान्यास गर्दैछन् । शिलान्यासपछि औपचारिक रुपमा धरहरा पुनर्निर्माणको काम अघि बढ्ने भएको छ । ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पले ढलेको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान शुरु गरेका थिए । तर, पुनर्निर्माण शुरु हुन ढिलाइ भइरहेको थियो । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गर्न लागेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउमा पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिएका छन् ।
मसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पले ढलेको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान शुरु गरेका थिए । तर, पुनर्निर्माण शुरु हुन ढिलाइ भइरहेको थियो । त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गर्न लागेका हुन् ।

तपाईंको बिचार