Friday, April 26, 2019

मनाङमा १८ घण्टा हिमपात

प्रकाशित मिति: 2018/12/28

मनाङ । चिसो बढेसँगै मनाङमा हिमपात सुरु भएको छ। बिहीबार दिउँसोदेखि हिउँ परेको हो। दिउँसो करिब १ बजे सुरु भएको हिमपात बिहान ७ बजे रोकिएको हो। झण्डै १८ निरन्तर हिमपात भएको हो। माथिल्लो भेग खांसार, मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ। अन्य भू–भागमा भने पातलो परेको छ। जिल्ला सदरमुकाम चामेलगायत तल्लो मनाङ भिमताङ, गुवालगायतका ठाउँमा हिमपात भएको छ। बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिएको थियो। ुहिमालको वरिपरी कालो बादल देखियो। तीव्ररूपमा हावाहुरी चल्योु, मनाङ प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘तापक्रम पनि माइनस २० पुग्यो, हावाहुरीका साथ हिमपात भएको छ।’ माथिल्लो मनाङका गोरे गुरुङका अनुसार हिमपातले जनजीवन त्यति ठूलो असर पारेको छैन। चिसोको मात्रा भने बढेको छ।

 

तपाईंको बिचार