Monday, June 17, 2019

डडेल्धुरा सदरमुकाममा मध्यराति आगलागी, तीन पसल जलेर नष्ट

प्रकाशित मिति: 2019/01/04

डडेल्धुरा । अमरगढीस्थित बागबजारमा गएराति आगअगलागी हुँदा ३ पसल जलेर नष्ट भएका छन्।
अमरगढी– ५, बागबजारमा राति १२ बजे आगलागी हुँदा ३ वटै पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ। आगलागीबाट पनेरु तरकारी पसल, स्काई फोटो स्टोडियो र अर्को एक नास्ता पसल जलेका हुन् ।
आगलागीको १ घन्टापछि अमरगढी नगरपालिकाको दमकल, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगको आगो नियन्त्रणमा आएको थियो ।
मानसिक सन्तुलन गुमाएका व्यक्तिले आगो लगाएको हुनसक्ने डडेलधुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। तर, त्यसको पुष्टि भइसकेको छैन ।
डडेल्धुरामा एक साताको अन्तरालमा भएको यो दोस्रो आगलागी हो । यसअघि डडेल्धुराकै २ वटा पसलमा आगलागी हुँदा करिब २७ लाख बराबरको क्षति भएको थियो।

 

तपाईंको बिचार