Wednesday, April 24, 2019

सिमकोटको तापक्रम माइनस १३ डिग्री, हिमपातले जनजीवन कष्टकर

प्रकाशित मिति: 2019/01/06

हुम्ला । पश्चिमी वायुका कारण हुम्लाको उच्च हिमाली भेगमा शनिबार रातिदेखि हिमपात भएको छ। राति साढे ४ बजेदेखि भएकाले सदरमुका सिमकोटको तापक्रम बिहान माइनस १३ डिग्री सेल्सियस पुगेको छ। मौसमविदहरुका अनुसार बिहानदेखि नै मौसम बदली भएकाले दिनभर हिमपात हुने सम्भावना रहेको छ। हिमपातसँगै बढेको चिसोका कारण सदरमुकाम सिमकोटका साथै लिमी मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँका जनजीवन प्रभावित भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुगानले बताए। ती क्षेत्रमध्ये केहीमा वर्षा पनि भएको छ । यस क्षेत्रका पानी पनि जमेको छ। पानी जमेकाले खानेपानीको समस्या भएको कैैलाश बोद्धी बोर्डिङ स्कुलका शिक्षक मिगुर लामाले बताए। चिसो बढेपछि एसइई परीक्षको तयारी गरिरहेका विद्यार्थीहरु प्रभावित भएका छन्।

 

तपाईंको बिचार