Sunday, June 16, 2019

अधिवक्ता पुण्यप्रसाद खनाल पक्राउ

प्रकाशित मिति: 2019/01/08

सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाल पक्राउ परेका छन् ।

सरकारी कागजात कीर्ते अनुसन्धानका क्रममा अधिवक्ता खनाललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिको जन्मदर्ता कीर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप खनाललाई लागेको छ । खनालविरुद्ध कानुन व्यवसायी काउन्सिलमा पनि उजुरी परेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी  ‘ग’ भनिने (परिपर्तित नाम) महिला बलात्कार मुद्दामा पीडित र पीडक दुवैतर्फका मुद्दा आफैंले लेखेर आफैंले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको हो ।

तपाईंको बिचार