Tuesday, February 19, 2019

छाउगोठ जल्दा आमासहित दुई छोराको मृत्यु

प्रकाशित मिति: 2019/01/09

बाजुरा । बाजुरामा छाउगोठमा जलेर दुई छोरासहित आमाको निधन भएको छ। बुढीनन्दा नगरपालिका ९ अगाउँपानीमा आगलागी हुँदा ३५ वर्षकी अम्बा बोहरा र उनका दुई छोराको निधन भएको हो। उनका ९ वर्षका छोरा सुरेश र ७ वर्षका छोरा रमितको निधन भएको बुढीनन्दा नगरपालिकाका प्रमुख पदमराज गिरीले जानकारी दिए। उनीहरू घर नजिकै बनाइएको छाउगोठमा सुतेका थिए।

घरको छेउमै बनाइएको छाउगोठभित्र उनीहरुको मृत्यु भएको हो। बुधबार विहानसम्म बाहिर ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरू छाउगोठ भित्र मृत अवस्थामा फेला परेका हुन्। सदरमुकामबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईंको बिचार