Monday, February 18, 2019

माघे संक्रान्तिको अवसरमा नुवाकोट र धादिङमा ६५ हल गोरु जुधाइँदै

प्रकाशित मिति: 2019/01/13

काठमाडौँ । परापूर्वकालदेखि माघे संक्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो ।

नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । समाजका महासचिव शिव अधिकारी (अविरल) ले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नुवाकोट र रसुवामा माघे सङ्क्रान्तिको अवसरमा जुध्दै आइरहेको गोरु जुधाईं कार्यक्रमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न र पर्यटकीय हिसाबमा नयाँ प्रदक्टको रुपमा विकास गर्नको लागि केही वर्षअघि देखि आफूहरुले यसको प्रवद्र्धन गरिरहेको बताउनुभयो । उहाँले यो पर्वमा जुधाइने गोरु जुधाईं कार्यक्रमलाई खेल पर्यटनको रुपमा पनि आफूहरुले लैजाने उद्देश्य रहेको स्पष्ट पार्नुभयो । अधिकारीले ग्रमीण स्तरको जीवनस्तर उकास्नको लागि पनि यसको प्रवद्र्धन र विस्तार जरुरी रहेको बताउनुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले गोरु जुधाइने स्थलहरुको व्यवस्थापनको लागि स्थानीहरुसँग आफूहरु निरन्तर सम्पर्कमा रहेकोले सम्पूर्ण व्यवस्थापन पूर्ण भएको बताउनुभयो ।
 
सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बतउनुभयो । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ ।
यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजकले जानकारी दिनुभयो ।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो ।

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा शुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ ।

 

तपाईंको बिचार