Sunday, September 15, 2019

घरगोठमा आगलागी, साढे पाँच लाखको क्षति

प्रकाशित मिति: 2019/01/16

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पिलरीफाटामा गएराति आगलागी हुँदा एक घर र एक गोठ जलेको छ। आगोले स्थानीय गोपाल भुलको घर र चन्द्रा भुलको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । गोपाल भुलको घरमा जडान गरिएको सौर्य बत्तीबाट विद्युत सटु हुँदा सल्केको आगोले घरभित्र रहेको चार आना सुन, सोलार प्यानल, खानाका लागि राखिएका धान, गहुँ, चामल,ओढ्ने, बिछयाउने लुगाफाटा, लगाउने लुगा र भाँडाकुँडा गरी करिब चार लाख रुपैयाँबराबरको क्षति भएको वडाध्यक्ष वहादुर महराले बताए। त्यसैगरी, घरमा लागेको आगो नजिकै रहेको चन्द्र भुलको गोठमा आगो सल्किईगोठमा राखेको पराल, भुसा र लत्ता कपडा सहित एक लाख पचास हजार रुपैयाँ बराबरको सरसमान जलेर नष्ट भएको वडा कार्यालयले जनाएको छ । घर र गोठमा आगो लागेपछि स्थानीय गाउँले, शुक्लाफाँटा नगरपालिका ८ को वन वातावरण तथा विपद व्यवस्थापन र वन्यजन्तु सुरक्षा विशेष युनिटको सहयोगमा आगो नियन्त्रणमा आएको वडा अध्यक्ष महराले बताए।

 

तपाईंको बिचार