Sunday, June 16, 2019

पर्वतको मालढुंगामा बस दुर्घटना, तीनजनाको मृत्यु

प्रकाशित मिति: 2019/01/17

पर्वत । पर्वतमा कुश्मा नगरपालिका मालढुंगामा बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बिहीबार बिहान म्यादीको बेनीबाट छुटेको ग १ ख ६१०८ बस दुर्घटना भएको पर्वत ट्राफिक प्रहरी प्रमुख रामकृष्ण गौलीले जानकारी दिए। मृत्यु हुनेहरूको सनाखत हुन सकेको छैन। प्रहरी टोली र एम्बुलेन्स भर्खरै घटनास्थल पुगेकाले अरु क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।

 

तपाईंको बिचार