Sunday, November 17, 2019

पाँच वर्षदेखि भारतमा बेपत्ता तीन बालकको उद्धार

प्रकाशित मिति: 2019/01/18

राझा । बाँके खजुरा गाउँपालिका–६ सिमलघारीबाट बेपत्ता भई भारत पुगेका तीन बालकलाई पाँच वर्षपछि प्रहरीले उद्धार गरी घर फर्काएको छ। 

सिमलघारी निवासी सुमन पुन, जयराम पुन र विकास परियारलाई पाँच वर्षपछि पारिवारिक पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।  विसं २०७० माघमा उनीहरु गाउँका मङ्गल बमसँगै भारत गएर सम्पर्कविहीन भएका थिए। गत पुस २१ गते बालकलाई भारत लैजाने बम एक्लै गाउँ फर्किएपछि बालकका आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएको प्रहरी उपरीक्षक पौडेलले बताए।  

निवेदनलगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले बेपत्ता बमको सहयोगमा बालकलाई भारतबाट उद्धार गरी नेपाल ल्याएर बिहीबार अभिभावकको जिम्मा लगाएको उनले जानकारी दिए।  उद्धारपश्चात् बालकले आफूहरु भारत हिमाञ्चल प्रदेशको एक होटलमा काम गर्दै आएको बताएका छन्। पाँच वर्षदेखि बेपत्ता छोरालाई भेटेपछि अभिभावक खुशी भएका थिए। (रासस)

तपाईंको बिचार