Monday, February 18, 2019

बझाङका पत्रकार सम्राट सिंह अवैध कार्यमा संलग्न रहेको खुलासा

प्रकाशित मिति: 2019/01/19

बझाङ । नेपालमा पत्रकारितालाई सामाजिक पेशाको रुपमा लिइन्छ । पत्रकारितामा लाग्नेहरुले त्यती धेरै आम्दानी नगर्ने हुदाँ सेवा भन्दा पैसालाई नै सर्वोपरि ठान्नेलाई यो पेशा उपयुक्त नभएको यस पेशाका भोक्त भोगीहरु बताउछन् । यही कारण कतिपयले त पत्रकारिता गर्दा गर्दै बीचैमा पेशा परिवर्तन गरेको त केही विदेश पलायन भएको उदाहरण पनि नेपालका प्रशस्तै छन् । 

तर पछिल्लो समय यो पेशामा पनि बिकृती मौलाउदै गएको छ । समाचार लेखेकै भरमा अरुसँग अनावश्यक ब्ल्याकमेलिङ गर्ने गरेको भन्दै सुचना विभागमा उजुरी परेका द्धटना पनि सार्वजनीक हुने गरेको छ । यति मात्र होइन अझ केहीले त पत्रकारितालाई देखाउने भाडो बनाएर अवैध कार्य समेत गर्ने गरेको घटना बाहिर आएका छन् । यस्तै घटना सार्वजनीक भएको छ सुदुरपश्चिमको बझाङमा पनि । 

स्थानीय तहमा पत्रकारिता गर्दै आएका सम्राट सिंहले पत्रकारितासँगै अवैध कार्य गर्ने गरेको तथ्य प्रहरी प्रशासनबाट प्राप्त भएको छ । जनमुखी एफएम संचालन गरेका उनले अबैध काठ तस्करीसँगै अवैध रुपमा बालुवा उत्खन्न गरि बिक्री गर्ने गरेको पाइएको छ । 

केही महिना अघि मात्र उनको ट्याक्टरबाट अवैध काठ तस्करी भइरहेको सुचनाका आधारमा प्रहरीले पक्राउ गर्न प्रहरीले चेकिङ गरेको सुचना पाएपछि काठ फ्याकेर  रितो ट्याक्टर फर्काएका थिए । सो बेला उनले जिल्ला प्रहरी प्रमुख प्रविण धितालसँग आफ्नो टयक्टर नसमात्न अनुनय गरेका थिए । सो बेला धितालले उनको आग्रह नगरेपछि उनले धितालबारे अनावश्यक प्रचारमा लागेको उनले बताए ।

योसँगै उनले पत्रकारिताको भेशमा स्वयंम प्रहरीसँग पनि विभिन्न बार्गेनिङ गर्ने र आफु अनुकुल काम नगरि दिए समाचार प्रकाशन प्रशारणको डर देखाउने गरेका छन् । उनले थापा र बोहरा थर गरेका पत्रकारहरुलाई बार्गेनिङका लागि पठाउने गरेको एक व्यवपारीले बताएका छन् । 
यसरी पत्रकारितालाई हतियार बनाएर अरुलाई विभिन्न प्रलोभन देखाई अवैध काम गरेर आर्जन गरेको रकमबाट उनले चैनपुरका विभिन्न स्थानमा जग्गा जोड्न सफल भएका छन् । यसबाट पनि प्रष्ट हुन्छ । उनको पत्रकारिता हाक्तिको देखाउने दाँत जस्तै हो । 
५ वर्ष अघि मात्र पत्रकारितामा आएका उनको आर्थिक प्रगतीबाट स्थानीय पत्रकारहरु समेत चकित छन् । उनले केन्द्रिय मिडियामा वर्षमा एउटा पनि सामाचार मुश्किलले पठाउने गरेको उनी आवद्ध मिडिया हाउसका सहकर्मीहरु बताउछन् । पत्रकारिता पेशलाई लुटीखाने भाडो बनाएको कारण अन्य व्यवसायीक पत्रकारहरुले भने असहज महसुश गरेका छन् । 

प्रहरीले बझाङमा हुने जुवातासलाई बन्द गराउनुका साथै अवैध प्राकृतिक स्रोतको दोहनमा कडाई गरेपछि उनी अहिले प्रहरी विरुद्ध नै लागेका छन् । प्रहरी प्रमुख धितालले अवैध कार्यमा कडाई गरेपछि आफ्नो अवैध आर्जनको बाटो बन्द भएपनि उनी अहिले अनावश्यक प्रचारमा मात्र लागेका छैनन । उनलाई बझाङ प्रहरी प्रमुखबाट हटाउनु पर्ने भन्दै प्रदेश सरकारसँगै स्थानीय नेताहरुसँग समेत हारगुहार गरिरहेका छन् । 

तपाईंको बिचार