Monday, August 19, 2019

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभा सम्पन्न

प्रकाशित मिति: 2019/01/20

भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले पत्रकारको लागि प्रदान गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएरै छाड्ने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१ औं साधारणसभाको उद्घाटन गर्दै उहाँले सरकारले साना देखि ठुला सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुको साथै सञ्चार माध्यममा काम गर्ने कर्मचारीहरुको समेत न्यूनतम पारिश्रमिक कायम गराएरै छाड्ने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकार्ता नभई पत्रकार भएर काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । सरकारले हालसम्मै पत्रकारको वृति बिकासका लागि ३ करोडको कोष स्थापना गरेको र त्यसलाई पाँच करोड पुर्याउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

सरकारले सामानुपातिक बिज्ञापन कार्यान्वयन गर्न लागेको जानकारी दिँदै बिज्ञापनको डबिङ नभर्इ बिज्ञानपन नै नेपालीमै उत्पादन गरिनु पर्ने उहाँले बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासँघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताउनुभयो ।

उहाँले बिज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागु गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको पत्रकारीताको पक्षलाई अध्ययन गरि त्यसबाट नेपाली राजनीतिले सिको गर्नु पर्ने बताउनुभयो । उहाँले डा केसीको अनशन हचुवा र हावादारी भएको बताउँदै बताउनुभयो ।

उहाँले भन्नुभयो शत प्रतिशत सत्य भए यस अघिको सरकारले किन सम्बोधन नगरेको हो । उहाँले वाईड बडी प्रकारण जसरी चार्चामा आएको थियो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नाम जोडिएपछि यो प्रकारण सेलाएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल , नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, साबिक नेकपा एमालेका जिल्ला अध्यक्ष बचन देउजा लगायतले सञ्चार क्षेत्रमा लगाउन खोजेको अंकुश तर्फ बेलैमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महाांघ भक्तपुरले स्थापना गरेको स्व मैयाँ देवी शिल्पकार पत्रकारिता पुरस्कारबाट कान्तिपुर टेलिभिजनका पत्रकार नारायण सुन्दर किलम्बुलाई सम्मन गरिएको छ ।

तपाईंको बिचार