Monday, February 18, 2019

श्रीमतीको हत्या गरी आफै पनि आत्महत्या

प्रकाशित मिति: 2019/01/20

काठमाडौं । कैलालीका एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफैले पनि आत्महत्या गरेका छन् ।
कैलालीको जानकी गाउँपालिका–७, गोलौरीका ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको टाउकोमा बञ्चरोले हानी हत्या गरेर आफैले पनि आत्महत्या गरेका हुन् ।
टीकापुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार प्रेमलालले बिहान साढे ५ बजेतिर श्रीमतीको हत्या गरी आफैले पनि आत्महत्या गरेको जनाएको छ ।
श्रीमतीको हत्या गरी उनले बार्दलीमा गएर झण्डिएका हुन् । गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी शिवबहादुर सिंहले जानकारी दिएका । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको बिचार