Sunday, August 25, 2019

‘क्यू ग्रेडिङ’ तालिम हुने

प्रकाशित मिति: 2019/01/21

काठमाडौं । ललितपुरमा पहिलोपटक  ‘क्यू ग्रेडिङ’ तालिम हुन लागेको छ । तालिमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा छन् । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालिम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो । 

पत्रकार सम्मेलनमार्फत एकेडेमीका अध्यक्ष डा राजकुमार बञ्जाराले तालिममा सहभागी प्रशिक्षार्थीले जनही तीन दिनको रु दुई लाख ८७ हजार ५०० भुक्तानी गर्नुपर्ने जानकारी दिए ।      

नेपाली कफीको गुणस्तरीय उत्पादन, गुण स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारमा कफी प्रवद्र्धन गर्नसक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालीमको आयोजना गरिएको हो । अमेरिकाको कफी क्वालिटी इन्ष्टिच्यूट र स्पेशल्टी कफी एशोसिएशनसँगको सहकार्यमा नेशनल कफी एकेडेमीले सो तालीमको आयोजना गरेको हो । 

नेपालमा अराविका जातको कफी खेती हुँदै आएको छ । चिया तथा कफी विकास बोर्डले वार्षिक ८०० मेट्रिक टन कफीको माग भए पनि यहाँ मात्र ५१३ मेट्रिक टन कफी उत्पादन हुने जानकारी दिएको छ । 

नेपालको ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गरेका छन् आर्थिक वर्ष २०७४र७५मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो भने सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको निर्यात गरिएको थियो भने रु छ करोड ५८ लाख ९१ हजार आयात गरिएको थियो । रासस

तपाईंको बिचार