Friday, April 26, 2019

भोलीसम्म पानी पर्नुका साथै हिमपात हुने

प्रकाशित मिति: 2019/01/23

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज र भोली देशैभर मौसम बदली भई पानी पर्ने तथा हिमपात हुने जनाएको छ ।

सुदुरपश्चिम सहित मध्य र पुर्वी क्षेत्रमा पानी पर्नुका साथै हिउँ पर्ने क्रम जारी रहने महाशाखाले जनाएको हो । मौसम विद समिर श्रेष्ठले आज र भोली देशैभर उच्च पहाडी तथा हिमाली क्षेत्रमा पानी पर्ने बताउनुभयो । 

पश्चिमी वायुको प्रभावका कारण सुदुरपश्चिम सहित कर्णाली प्रदेशमा पानी पर्नुका साथै हिउँ पनि पर्ने उहाँले बताउनुभयो । आज र भोलीसम्म मौसम बदली भएपनि भोलीबाट विस्तारै मौसम सफा हुँदै जाने छ ।

यता, मौसम परिवर्तन भई चिसो बढ्न थालेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन् । विशेषगरी बृद्धबृद्धा र बालबालिका तथा दमका दीर्घरोगीहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

हिजोदेखि मौसम परिवर्तन हुनुका कारण सुदुरपश्चिमको बाजुरा, डडेलधुरा, बैतडी, कर्णालीको हुम्ला, जुम्ला सहितका स्थानमा पानी पर्नुका साथै हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । मौसम परिवर्तन भई चिसो बढ्न थालेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन् । विशेषगरी बृद्धबृद्धा र बालबालिका तथा दमका दिर्घरोगीहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

तपाईंको बिचार