Friday, September 20, 2019

अबदेखि ग्राहकहरुले रेस्टुरेन्टमा १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

प्रकाशित मिति: 2019/01/29

काठमाडौं । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान) ले काठमाडौं, पोखरा र सौराहामा ग्राहकहरुबाट लिइने १० प्रतिशत सेवा शुल्क हटाइएको छ ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा) को सोमबार काठमाडौंमा भएको भेलाले हटाउने निर्णय गरेको हो ।

ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त १० प्रतिशतसमेत जोडेर रकम लिन थालिएपछि चौतर्फी विरोध भएको थियो ।

‘उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिकरुपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको छ,’ रेबानद्वारा जारी प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘आजको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।’

सोमबार आयोजित भेलाको निर्णयबारे जानकारी दिन प्रकाशित प्रेस विज्ञप्तिमा केन्द्रीय रेबानका अध्यक्ष प्रमोद कुमार जैसवाल र रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलको मात्र हस्ताक्षर छ । रेबान सौराहाका अध्यक्ष गोकर्ण गिरीको भने प्रेस विज्ञप्तिमा हस्ताक्षर छैन ।

तपाईंको बिचार