Wednesday, February 20, 2019

शुद्ध पिउने पानीका लागि सहलगानीका खानेपानी आयोजना प्रभावकारी

प्रकाशित मिति: 2019/01/29

काठमाडौँ । मुलुकका विभिन्न भागमा सञ्चालित सहलगानीका खानेपानी आयोजना प्रभावकारी बन्दै गएका छन् । मुलुकभर शुद्ध पिउने पानीको समस्या समाधान गर्न साझेदारी नीति अवलम्बन गरी १२ वटा खानेपानी आयोजना सम्पन्न भइसकेको सहलगानी खानेपानी आयोजनाले जनाएको छ ।

करिब ६ आर्थिक वर्षको अवधिमा सरकार र स्थानीय जनताको साझेदारीमा ती आयोजना सम्पन्न भएका हुन् । नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार सरकारले ती खानेपानी आयोजना निर्माण गरेको हो ।

आयोजनाका प्रमुख प्रदीप मुडवरीका अनुसार आर्थिक वर्ष २०६९÷७० देखि थालिएको सहलगानी खानेपानी आयोजनाअन्तरगत ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानीय जनसमुदायको लगानीमा निर्माण सम्पन्न भएका हुन् । हाल थप तीन दर्जनभन्दा बढी यस्ता सहलगानीका आयोजना निर्माण भइरहेको मुडवरीले जानकारी दिए ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गतको सहलगानी खानेपानी आयोजनामार्फत सम्पन्न १२ वटा खानेपानी आयोजनाबाट हाल उपत्यकाका करिब ३ लाख २५ हजार व्यक्ति लाभान्वित भएका छन् ।

हाल यी आयोजना झापा, मोरङ, रुपन्देही, चितवन, गोरखा, नवलपरासी, ओखलढुङ्गा, कास्की, रुकुुम, बैतडीलगायतका जिल्लामा सञ्लालित छन् ।

तपाईंको बिचार