Wednesday, February 20, 2019

उच्च अदालतद्वारा भिएलएन मुद्दामा श्रेष्ठलाई छाड्ने आदेश सदर

प्रकाशित मिति: 2019/01/30

काठमाडौं । उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको मुद्दा पक्षमा आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । 

मलेसिया भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठलाई सरकारले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले १० लाख धरौटी माग गरि छोड्ने आदेशको पाटन उच्च अदालतले सदर गरेको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको इजालसले 
 सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने फैसला सुनाएको अदालतका रजिस्टार बाबुराम दाहालले जानकारी दिए । आदेशमा भनिएको छ, ‘नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते भएको द्विपक्षीय समझदारी पत्रमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा नेपाल सरकारले ३७ वटा मेडिकल संस्थालाई वैैधानिकता दिएको देखिएको छ ।’ 

अदालतले मुद्दा पुर्पक्षको सम्बन्धमा निवेदकबाट माग गर्ने गरेको धरौटी जमानत मिसिल संग्लन तत्काल प्राप्त प्रमाणका आधार अन्यथा नदेखिएको उल्लेख गर्दै काठमाडौँ जिल्ला अदालत र ललितपुरको आदेश मिलेको ठहरसमेत गरेको छ । सरकारले बायोमेट्रिक, भिएलएन, माइग्राम, ओएससी, जिआइसिसी लगायतका संस्थाले मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । 

प्रहरीले मेडिकल स्वास्थ्य परीक्षणमा सिण्डिकेट गरेको आरोपमा ३७ संस्थाका सञ्चालकलाई पक्राउ गरेको थियो । आदेशमा कामदारसँग पारदर्शी रुपमा रकम सङ्कलन गरेको, कानूनी रुपमा दर्ता गरी चलाएको र कानूनतः राजश्व तथा कर बुझाएको अवस्थामा थुनामा राखी कारवाही गर्नुनपर्ने उल्लेख छ ।  

तपाईंको बिचार