Friday, April 26, 2019

हामी नेपाली संस्थाको नेपाल च्याप्टर गठन

प्रकाशित मिति: 2019/01/30

काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले संस्थाले नेपालमा पनि आफ्नो शाखा गठन गरेको छ ।

काठमाडौं स्थित धुम्बराहीमा रहेको स्मार्ट क्याफेको सभाहलमा भएको कार्यक्रममा हामी नेपाली ग्लोबल नेपाल शाखामा विमल कुमार खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्य समितिमा हामी नेपाली ग्लोबल नेपाल च्याप्टरबाट प्रवक्ताका रुपमा नारायण श्रेष्ठ, उपाध्यक्षमा बलराम पाण्डे,गंगा शर्मा पौडेल, उमा तामाङ केसी ,महासचिब मनोज कुमार आचार्य,सचिब मनिष कुमार चौधरी ,कोषाध्यक्ष गोबिन्द राई ,सह–कोषाध्यक्ष जुना पछाई पदाधिकारी रहेको समिति चयन भएको छ भने समितिको मुल सदस्यहरुमा सञ्जिब शाह ,डा।बिजु श्रेष्ठ,हस्त खड्का,धर्म भक्त मानन्धर,मन्दिर प्रसाद तिमिल्सीना,खेलकुद बिभाग केदार सिहं,महिला बिभाग संयोजक अञ्जली थापा खड्का,कृषी विभाग संयोजक सन्तु माया तामाङ, युवा संयोजन बिभाग सोनिया रानाभाट बिष्णु पौडेल,पिआरओ शारदा श्रेष्ठ, सञ्चार बिभाग प्रमुख आशिष तामाङ्ग ,हिरा लामा लगाएतको समिति गठन भएको छ ।

नेपाल च्याप्टर कार्यसमिति घोषणा सभामा बोल्दै हामी नेपाली ग्लोबल संस्थाका महासचिव मंगलदास श्रेष्ठले हामी नेपाली ग्लोबल संस्था राजनैतिक आस्था, जात र धर्ममा विसुद्ध अलग रहने संस्था भएको भन्दै यस संस्थामा कसैले विभेद गर्न नपाईने उल्लेख गरे । उनले विश्वभर छरिएर रहेका नेपालीहरुलाई हामी नेपाली ग्लोबल मार्फत एकिकृत गरेर उनीहरुभित्रका सीप, क्षमता तथा सहयोगलाई नेपाल र नेपालीको बृहत्ततर हितमा खन्याउने सके नेपालको विकासमा समेत टेवा पुग्ने विश्वास व्याक्त्त गरे ।

महासचिव श्रेष्ठले नेपाललाई रेमिटेन्सबाट चलेको देश भनेर चित्रित्त हुदै आएको भन्दै अब देश भित्रै रोजगारको सृजना गराएर नेपाली यूवाहरुलाई विदेश पलाएनबाट रोक्ने प्रयासमा संस्था लागेको समेत बताए । उनले यस संस्थाको पहिलो प्राथमिकता नै नेपालमा रहेका पर्याप्त संभाव्यताहरुका क्षेत्र कृषि, पर्यटन, स्वास्थ्य र शिक्षामा लगानी गरेर पर्याप्त रोजगारी सिर्जना गर्न वातावरणमा आफुहरु लागेको जानकारी गराए । नेपाली यूवाहरुलाई स्वदेशमै कसरी रोजगारीको वातावरण बनाउन सकिन्छ र विदेश पलाएन हुन बाट रोक्न सकिन्छ भन्ने उदेश्यलाई नै सार्थकता प्रधान गर्न हामी नेपाली ग्लोबल नेपाल च्याप्टरको महत्वपूर्ण भूमिका र कार्य हुने श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष विमल कुमार खड्काको लगातार प्रयासबाट संस्थालाई पूर्णता दिन सकिएको भन्दै धैर्यतानै ठुलो कुरा भएको बताए । उनले नेपालको सामाजिक आर्थिक र सांस्कृतिक विकासको लागी यूवा लक्षित कार्यक्रम ल्याई नेपाली यूवा जनशतिलाई विदेश पलाएनमा रोक्ने खालका कार्यहरु ल्याउन नेपाल च्याप्टर पूर्ण प्रतिबद्ध भएर लाग्ने बताए । अध्यक्ष खड्काले हामी नेपाली ग्लोबल संस्थाले लिएको उदेश्यलाई पूर्णता दिन सम्पूर्ण टिम एक भएर लाग्न समेत आग्रह गरे ।

सोही कार्यक्रममा हामी नेपाली ग्लोबल नेपाल च्याप्टरका प्रबक्ता नारायण श्रेष्ठले नेपालमा विभिन्न व्याक्तीहरु लगानी गर्न समेत ईच्छुक रहेको भन्दै त्यस्तो वातावरण बनाउन हामीहरु लाग्नु पर्ने बताए । हामी नेपाली ग्लोबल संस्थाले देशका नेपाली दक्ष जनशक्तिलाई नेपालमै बस्न सक्ने वातावरण बनाउने खालका कार्य गर्न प्रेरित गर्ने संस्था भएको बताए , उनले हामी नेपाली ग्लोबल संस्थाले दिएको निर्देशन र कार्यलाई नेपाल च्याप्टरले सिरोधार गरेर अगाडी बढ्ने बताए । प्रवक्ता श्रेष्ठले राजनैतिक नेतृत्वलाई गाली गरेर होईन हामी आफैबाट विकास निमार्ण लगाएतका कार्य समेत गर्न आग्रह गरे ।

हामी नेपाली ग्लोबल नेपाल च्याप्टरकी उपाध्यक्ष उमा तामाङले हामी नेपाली ग्लोबल संस्था स्वतन्त्र सस्था भएको उल्लेख गर्दै कुनै जात धर्म र वर्गको नभई सम्पूर्ण नेपालीहरुको साझा संस्थाका रुपमा राखि राख्नु पर्ने बताईन । उनले संस्थाले लिएको उदेश्यलाई नेपाल च्याप्टरले पूर्ण पालना गर्दै नेपाल र नेपाली हरुको विर्हतर हितमा लाग्ने समेत प्रतिवद्धता व्यक्त गरिन ।

कुनैपनि धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर अमेरिकाको न्यूयोर्कमा गत नोभेम्बर २४ का दिन अमृत लामाको अध्यक्षता,टेक वाईवा लामा उपाध्यक्ष,महासचिव मंगलदास श्रेष्ठ लगाएत अन्य सदस्यहरुका सक्रियतामा स्थापना भएको नेपालीहरुको अभूतपूर्व संस्था हामी नेपाली ग्लोबलले नेपालीलाई विदेश पलायन हुनवाट रोक्न साथै सामाजिक कार्यहरुलाई प्रधानता दिदै अगाडी बढ्ने उदेश्य अनुरुप पहिलो शाखा नेपालमा गठन गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा महासचिव श्रेष्ठले हामी नेपाली ग्लोबल संस्थाको विधान प्रवक्ता नारायण श्रेष्ठलाई हस्तान्तरण गरी औपचारीक कार्यक्रमको सुरु गरिएको थियो भने स्वागत मन्तव्य नेपाल च्याप्टर उपाध्क्ष बलराम पाण्डेले गरेका थिए ।
कार्यक्रममा संस्थाका महासचिव श्रेष्ठले नेपाल च्याप्टर कार्यसमितिको घोषणा गरेका थिए भने कार्यक्रममा सम्पूर्ण कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई खादा सहित प्रमाण पत्र समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि एवम हामी नेपाली ग्लोबल संस्थाका महासचिव मंगलदास श्रेष्ठ नेपाल च्याप्टर गठनको लागी केहि दिन अघि नेपाल आएका थिए भने संस्थाले विश्व भर आफ्ना शाखा गठन गर्ने जनाएको छ ।
नेपाल च्याप्टरको अगुवाईमा आगामी मार्च महिनामा म्याग्दीको वेनी अस्पतालमा उत्कृष्ट डाक्टरहरुको सहभागितामा बृहत स्वास्थ्य शिविर गर्न लागेको जानकारी समेत दिएको छ ।

तपाईंको बिचार